शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मौसम खुलेसँगै चङ्गाको रौनक

मङ्गलबार, २३ असोज २०८०, १२ : ३९
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।

दसैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरू मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दसैँको महत्त्व धेरै हुन्छ । दसैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन् ।

changa (1)

केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका सहर र गाउँहरूमा पनि दसैँमा चङ्गा नउडाइने होइन तर विशेष गरी काठमाडौँ उपत्यकामा यो प्रचलन बढी रहेको छ ।

दसैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दसैँमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो । 

changa (2)

दसैँमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

दसैँमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।

changa (3)

चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैँताका झरी पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैतवैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

त्यस्तै दसैँमा स्कुल कलेजहरू धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरूलाई पढाइलेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा नै हुँदैन । तर पछिल्लो समय चङ्गा उडाउनेहरुको संख्या घट्दै गएको छ । यसका बावजुद दसैँको आगमनसँगै हल्चोकस्थित रातामाटामा स्थानीय युवा र केटाकेटीहरू  चङ्गा उडाउँदै गरेकाे भेटिएका छन् ।

changa (4)changa (5)changa (6)changa (7)changa (9)changa (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप