मौसम खुलेसँगै चङ्गाको रौनक
काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।
दसैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरू मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दसैँको महत्त्व धेरै हुन्छ । दसैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन् ।
_Fsmt3oRRq3.jpg)
केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका सहर र गाउँहरूमा पनि दसैँमा चङ्गा नउडाइने होइन तर विशेष गरी काठमाडौँ उपत्यकामा यो प्रचलन बढी रहेको छ ।
दसैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दसैँमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो ।
_CIHUCH2saH.jpg)
दसैँमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।
दसैँमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।
_OriQJTYMTD.jpg)
चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैँताका झरी पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैतवैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।
त्यस्तै दसैँमा स्कुल कलेजहरू धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरूलाई पढाइलेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा नै हुँदैन । तर पछिल्लो समय चङ्गा उडाउनेहरुको संख्या घट्दै गएको छ । यसका बावजुद दसैँको आगमनसँगै हल्चोकस्थित रातामाटामा स्थानीय युवा र केटाकेटीहरू चङ्गा उडाउँदै गरेकाे भेटिएका छन् ।
_0IqIemnRNH.jpg)
_fmKo1rNSWI.jpg)
_a6iF9xkqml.jpg)
_wZgrDC4cOj.jpg)
_ZSZvhGPsf0.jpg)
_7r9OyDtIwE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण