बुढानीलकण्ठबाट खैरो हेरोइनसहित युवक पक्राउ
मङ्गलबार, २३ असोज २०८०, १२ : ५३
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् ।
आरोपीको साथबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । समीर बुढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा बस्छन् । घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ । समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण