दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन सुधार गर्न आवश्यक छ : अध्यक्ष ढकाल
काठमाडौँ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए । उहाँले दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा काम गरिरहेको बताए ।
उनले भने,‘दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । निजी क्षेत्रले व्यवासायिक क्रियाकलाप बढाउनको लागि नीतिहरूदेखि दिगो विकासका लक्ष्यहरू पूरा गर्ने व्यावसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरू सुधार हुनुपर्छ भन्ने कुरा हो । दिगो विकासका लक्ष्यहरू पूरा गर्नको लागि निजी क्षेत्र महत्त्वपूर्ण पार्टनर भनिएको छ । त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो । अहिले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने छ । यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान छ ।’
उनले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान रहेको बताइएका ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण