‘सँगै सुत्छौँ ताकि मर्दा पनि सँगै मरौँ’
गाजापट्टी । इजरायलबाट जारी हवाई आक्रमणबिच गाजाका बासिन्दाहरूले आफ्नो जीवनमा यस्तो ‘खराब समय’ कहिले पनि नदेखेको बताएका छन् । गाजाको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै बुशा खालिदाले उनको परिवार वर्षौँदेखि गाजामा ‘तनाव’ को स्थितिमा बस्दै आएको बताइन् ।
उनले भनिन्, ‘वर्षौँदेखि हामी इजरायलको सेनाको तर्फबाट हुने नाकाबन्दी झेलिरहेका छौँ । उनीहरू हामीलाई बाहिर जान दिँदैनन् । पढाइका लागि पनि बाहिर जाने अनुमति छैन ।’
बीबीसीसँगै कुरा गर्दै उनले थपिन्, ‘यहाँ पानी छैन । बिजुली पनि छैन । इन्धन छैन । खाद्यान्न सकिन लागेको छ ।’ गाजामा यतिबेला मोबाइल सेवा पनि बन्द छ । उनले आफन्तसँग सम्पर्क पनि पाएकी छैनन् ।
‘मेरो परिवारले हामी सँगै सुत्नुपर्छ भन्छन् ताकि मर्यौँ भने साथमै मरौँ,’ उनले भनिन् । उनले पुरै जनसङ्ख्यालाई दण्डित गर्ने इजरायलको फैसला निकै क्रूर भएको र यसले आम नागरिकमा पारिरहेको असरबारे सोच्न सुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण