मलानको सतकसँगै इङ्ल्यान्डले बंगलादेशलाई दियो तीन सय ६५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको मंगलबार खेलिएको खेलमा साबिक विजेता इङ्ल्यान्डले बंगलादेशलाई जितका लागि तीन सय ६५ रनको लक्ष्य दिएको छ । धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६४ रन बनायो ।
इङ्ल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय डेविड मलान र जोनी ब्रेस्टोले उत्कृष्ट सुरुआत गराएका थिए । यी दुबै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १५ रनको साझेदारी गरे । मलानले टोलीका लागि एक सय ४० रनको योगदान गरे ।
बंगलादेशविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका मलानले केवल एक सय सात बलको सामना गरी पाँच छक्का र १६ वटा चौका हिर्काएका थिए । अर्का ओपनर ब्रेस्टोले पनि अर्धसतक बनाए । उनले पेभेलियन फर्किनुअघि टोलीको खातामा ५२ रन थपे । उनले ५९ बलमा आठ चौका पनि हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान जोए रुटले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन बनाए । उनले केवल ६८ बलको सामना गरी एक छक्का र आठवटा चौका पनि हिर्काएका थिए । इङ्ल्यान्डका माथिल्लो क्रमका ब्याट्सम्यानसामु बंगलादेशका बलरहरु निरिह सावित भए ।
कप्तान जस बट्लर भने २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौका हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ह्यारी ब्रुक पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १५ बलमा तीन चौका प्रहार गरे ।
इङ्ल्यान्डका लागि साम करनले पनि ११ रन जोडे । क्रिस वोक्सले १४ रन बनाए । आदिल रसिदले पनि ११ रन बटुले । बंगलादेशी टोलीका बलर मेहदी हसनले चार विकेट लिए । सोरिफुल ईस्लामले पनि तीन विकेट लिए । सकिब अह हसन र तास्किन अहमदले एक—एक विकेट हात पारे ।
जारी विश्वकपको आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड पराजित भएको थियो । न्युजिल्यान्डले इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो । बंगलादेश भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो । बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण