बलात्कार गरी फरार युवक ९ वर्षपछि पक्राउ
मङ्गलबार, २३ असोज २०८०, २० : ०२
सिरहा । बलात्कार गरी कयौँ वर्षदेखि फरार रहेका एक युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–१ निवासी २९ वर्षीय मनोज ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७१ साल असोज २७ गते सिरहा जिल्ला अदालतले ठाकुरलाई जबरजस्ती करणी मुद्दामा ११ कैद सजाय सुनाएको थियो । त्यसयता ठाकुर फरार रहेका थिए ।
उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो गोलबजार–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण