प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको वर्ष १९ का निसान लिम्बु र निजका साथी वर्ष २४ का रिवज रनपहेलीलाई रोकी सोमबार चेकजाँच गर्दा निजहरूले नशालु पदार्थ सेवन गरेको पाइएकोले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
साथै मंगलबार झापाको दमक नगरपालिका १ बस्ने वर्ष २१ को रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु साइकल बुझ्न आएकोले शङ्का लागी उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिट मुनी सिट स्टेण्ड फलाम भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध ब्राउन सुगर १४ ग्राम १५० मिलिग्राम फेला परेको थियो ।
थप अनुसन्धान गर्दा निजहरूको साथी जिल्ला झापा दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने विक्रम लिम्बु समेत संलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । उनीहरू चारै जनालाई नियन्त्रणमा दिएर थप अनुसन्धान सुरु गरिएको प्रहरी सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण