सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यस्तो छ मधेसमा एमालेको प्रदेश अधिवेशनको तयारी (फोटोफिचर)

यस्तो छ मधेसमा एमालेको प्रदेश अधिवेशनको तयारी (फोटोफिचर)

बुधबार, २४ असोज २०८०

जनकपुरधाम । नेकपा एमाले प्रथम मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुन लागेको छ । दुईदिन सम्म चल्ने अधिवेशन महेन्द्रनारायण निधन मिथिला संस्तृति केन्द्रको परिसरमा  मञ्च बनाइएको छ । 

दिउँसो साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पनि जनकपुर आउने कार्यक्रम रहेको छ। उद्घाटन अघि अध्यक्ष ओलीले मधेसस्थित पार्टी कार्यालयको लागि मिथिला भवनको उद्गाटन गर्ने कार्यक्रम रहेको छ । 

अधिवेशनले एक हजार २ सय ३५ जना पदाधिकारीसहित नयाँ प्रदेश कमिटी निर्वाचित गर्नेछ। एमाले मधेश प्रदेशको अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव र बिचारी यादवको नाम चर्चामा रहेको छ।  

अधिवेशन खर्च जुटाउन प्रत्येक प्रतिनिधिबाट २ हजार रुपैयाँका दरले अधिवेशन शुल्क आयोजकले उठाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया