मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ

मङ्गलबार, ०५ साउन २०८३, २२ : ०२
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सुनचाँदीका गहना, नगद र स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
  • पशुपति मार्गस्थित एक घरमा जेठ २९ गते र कान्ति बाल अस्पतालको पार्किङबाट असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सुनचाँदीका गहना, नगद र स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। 

पशुपति मार्गस्थित एक घरमा चोरी भएको र कान्ति बाल अस्पतालको पार्किङबाट स्कुटर चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोमबार उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-५ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ-२ नारायणथान बस्ने २१ वर्षका दिपेश लिम्बु, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौँ सिनामंगल-९ बस्ने १९ वर्षका अमर भन्ने अर्मस लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई हाल ललितपुर महालक्ष्मी-५ इमाडोल बस्ने ३० वर्षका अजय लामा रहेका छन्।

काठमाडौँ महानगरपालिका-६ पशुपति मार्गस्थित घरमा कोही नभएको मौका पारेर जेठ २९ गते ढोकाको ताला फोडी कोठामा रहेको सुनचाँदीका गहना र नगद चोरी भएको थियो।

त्यसै गरी असार ३० गते काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको पार्किङबाट होन्डा कम्पनीको डियो स्कुटर समेत चोरी गरी चोरहरू फरार भएका थिए।

उक्त घटनामा संलग्न उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप