अब हाम्रो पेको क्यूआरमा भुक्तानी गर्दा 'कोइली' कराउने
काठमाडौँ । हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब 'कोइली' कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआइदिने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने जस्ता समस्या बेहोर्दै आएका छन् । सोही समस्या समाधान गर्न हाम्रो पेले अडियोसहितको क्यूआर ल्याएको हो ।
हाम्रो पेले बुधवार काठमाडौँ स्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात गरेको हो । हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो ।
मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकम सहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो ।
हाम्रो पेको मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने हुन्छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ । तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने (रेन्टल) गरी दुई विकल्प दिइएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण