पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानीबाटै उड्ने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मान्द्रेढुंगा सरेको पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानी नै सरेको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन सहमति पाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानमा समस्या देखेपछि सराङकोट र तोरीपानीबाट हुँदै आएको उडान ५ किलोमिटर पर मान्द्रेढुंगा सरेको थियो । ‘केन्द्र, प्रदेश र स्थानीय सरकार सँगको समन्वय एवम् सहयोगमा तोरीपानीको बाहकोट, खपौदी र चंखपुर क्षेत्रमा टेकअफ ल्याण्डिङ व्यवस्थापनका लागि आवश्यक पहल गरिएको छ’ भट्टराईले भने ।
मान्द्रेढुंगा सरेपछि यहाँको प्याराग्लाइडिङ व्यवसाय नै संकटमा पुगेको थियो । ‘पर्यटकहरु प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आउँथे । एक हिसाबले प्याराग्लाइडिङ पोखराको मुख्य ब्राण्ड बनेको थियो,’ उनले भने, ‘उडान र अवतरणको ठाउँ सरेपछि पोखरा आएका पर्यटकले पनि प्याराग्लाइडिङ गर्न छोडे ।’ पोखरामा ६२ कम्पनीहरु छन् भने ३९९ पाइलटहरु छन् ।
उनका अनुसार हाल पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको मान्द्रेढुङ्गा टेकअफ र पामे ल्याण्डिङका लागि जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । मनोरञ्जनात्मक उड्डयन व्यवसायलाई व्यवस्थित गर्न छुट्टै नीतिगत व्यवस्था गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण