कर्णालीका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्छौँ : मुख्यमन्त्री शर्मा
सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशभित्र रहेका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने बताएका छन् ।
बुधबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले नागरिकको स्वास्थ्य परीक्षणका लागि सरकारले तयारी समेत गरिसकेको बताए ।
पहिलो चरणमा नमुनाको रुपमा सुर्खेत र रुकुम पश्चिमका नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
उनले आर्थिक वर्ष २०८०/०८१ लाई नागरिक स्वास्थ्य परीक्षणको वर्ष बनाउने गरी तयारी भएको बताए ।
'कर्णालीका नागरिकको स्वास्थ्य सम्बन्धी अवस्था थाहा पाउन र आगामी योजना तय गर्न नागरिक स्वास्थ्य परीक्षणले सघाउने छ,' मुख्यमन्त्री शर्माले भने,'साथै विशेषज्ञ स्वास्थ्य सेवा शिविर पनि सञ्चालन गरिने छ ।'
'रोग लाग्नु भन्दा रोग नै लाग्न नदिन' पनि स्वास्थ्यकर्मीले समुदायमा जागरण ल्याउन सृजनशील बन्नुपर्नेमा शर्माले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण