कर्णालीका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्छौँ : मुख्यमन्त्री शर्मा

सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशभित्र रहेका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने बताएका छन् ।
बुधबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले नागरिकको स्वास्थ्य परीक्षणका लागि सरकारले तयारी समेत गरिसकेको बताए ।
पहिलो चरणमा नमुनाको रुपमा सुर्खेत र रुकुम पश्चिमका नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
उनले आर्थिक वर्ष २०८०/०८१ लाई नागरिक स्वास्थ्य परीक्षणको वर्ष बनाउने गरी तयारी भएको बताए ।
'कर्णालीका नागरिकको स्वास्थ्य सम्बन्धी अवस्था थाहा पाउन र आगामी योजना तय गर्न नागरिक स्वास्थ्य परीक्षणले सघाउने छ,' मुख्यमन्त्री शर्माले भने,'साथै विशेषज्ञ स्वास्थ्य सेवा शिविर पनि सञ्चालन गरिने छ ।'
'रोग लाग्नु भन्दा रोग नै लाग्न नदिन' पनि स्वास्थ्यकर्मीले समुदायमा जागरण ल्याउन सृजनशील बन्नुपर्नेमा शर्माले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी