चाडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमामा डग स्निफिङ टोली परिचालन
बुधबार, २४ असोज २०८०, १४ : ५२
झापा । दसैँ–तिहारलाई लक्षित गरेर नेपाल–भारत सीमामा रहेको काकारभिट्टामा तालिम प्राप्त कुकरसहित टोली परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीको टोलीले डग स्निफिङ कार्य सुरु गरेको हो ।
चाडपर्वलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । हाल २ वटा तालिम प्राप्त कुकुर परिचालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण