नेप्सेमा ५ अंकको सुधार, अझै बढेन कारोबार
काठमाडौँ । लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।
यसअघि आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो । उसो त केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा वृद्धिपछि झन् नेप्से ओरालो लागेको थियो ।
तथापि, चौथो दिन नेप्सेमा सामान्य सुधार आए पनि अझैं कारोबारमा भने सुधार आउन सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।
आज सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डू हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९ प्रतिशत माथिले कमाएका छन् ।
यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले भने आज ४.२१ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण