आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रेखाको ‘उपहार’ माघ २६ मा आउने

बुधबार, २४ असोज २०८०, १६ : ४८
बुधबार, २४ असोज २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण अभिनय रहेको फिल्म ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । यस अगाडि नयाँ वर्ष रिलिज मिति भनिएको फिल्म अहिले माघमा सारिएको हो ।

फिल्मको रिलिज मिति माघमा फिक्स भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । ‘हामीले रिलिज मिति आधिकारी घोषणा गरेको छैन । छिट्टै एक पोष्टर सहित माघ २६ लाई रिलिज मितिको रुपमा सार्वजनिक गर्छौ’ निर्देशक देउजाले भने ।

अब यो फिल्म ‘हात्तीछाप’सँग भिड्ने छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ’हात्तीछाप’ले यसअघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरी सकेको थियो ।

‘उपहार’ ३ महिला पात्रको कथामा निर्माण भएको फिल्म हो । फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्ममा मुकुन भुषाल, तेज गिरी र मिष्टर नेपाल समर्पण जंग थापाको पनि मुख्य भूमिका छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी ग्रुपले काठमाडौँ भित्र र मोफसलमा वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप