रेखाको ‘उपहार’ माघ २६ मा आउने
काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण अभिनय रहेको फिल्म ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । यस अगाडि नयाँ वर्ष रिलिज मिति भनिएको फिल्म अहिले माघमा सारिएको हो ।
फिल्मको रिलिज मिति माघमा फिक्स भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । ‘हामीले रिलिज मिति आधिकारी घोषणा गरेको छैन । छिट्टै एक पोष्टर सहित माघ २६ लाई रिलिज मितिको रुपमा सार्वजनिक गर्छौ’ निर्देशक देउजाले भने ।
अब यो फिल्म ‘हात्तीछाप’सँग भिड्ने छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ’हात्तीछाप’ले यसअघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरी सकेको थियो ।
‘उपहार’ ३ महिला पात्रको कथामा निर्माण भएको फिल्म हो । फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्ममा मुकुन भुषाल, तेज गिरी र मिष्टर नेपाल समर्पण जंग थापाको पनि मुख्य भूमिका छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी ग्रुपले काठमाडौँ भित्र र मोफसलमा वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण