हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा रिहा
मकवानपुर । हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ, रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाख रुपैयाँले धरौटी माग गरेको थियो ।
गत भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई हातपात गरेका थिए । सोही घटनामा संलग्न भएको भन्दै ४ जनालाई भदौ २९ गते प्रहरीले पक्राउ गरेको थियो भने अन्य २ जनालाई फरक फरक समयमा पक्राउ गरेको थियो ।
यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण