थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन बिहीबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते दर्ता गराएको रिट यसअघि ४ पटक पेशीमा चढिसकेको छ । पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेशी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेशीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए ।
खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा। ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले
जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण