इजरायलमा रहेका आफ्ना नागरिक ल्याउन भारतको ‘अप्रेसन अजय’
काठमाडौँ । इजरायलमा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउन भारतले ‘अप्रेसन अजय’ को घोषणा गरेको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूहबिचको पछिल्लो युद्धका कारण इजरायलमा रहँदै आएका आफ्ना नागरिकलाई विभिन्न मुलुकले स्वदेश फिर्ताका लागि अभियान चलाउन थालेका छन् ।
नेपालले पनि आफ्ना नागरिकलाई ल्याउन नेपाल वायुसेवा निगमको जहाज बिहीबार त्यसतर्फ पठाइसकेको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर) मा लेखेका छन्, ‘इजरायलबाट भारत आउन इच्छुक नागरिकका लागि अपरेसन अजय लञ्च गर्दैछौँ । स्पेशल चार्टर फ्लाइट र अन्य व्यवस्था गरिँदैछ । विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि हामी पूर्ण रुपमा प्रतिबद्ध छौँ ।’
इजरायलस्थित भारतीय दूतावासका अनुसार स्वदेश फर्कने नागरिकको रजिस्ट्रेसन भइरहेको छ । इजरायलमा करिब २० हजार भारतीय रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण