अहिलेको राष्ट्रिय कार्यभार सामाजिक र आर्थिक रुपान्तरण हो : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार-२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताए । उनले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताए ।
‘आजको राष्ट्रिय र केन्द्रीय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक विकास र समृद्धि हो या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त ‘आर्थिक विकास र समृद्धिको क्षेत्रमा ? केही न केही भएको छ’ ’ उनले भने, ‘यो पनि त्यत्तिकै सत्य हो कि यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहीत निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ ।’
उनले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु रहेको बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु हो ।’
उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउँदै सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण