घटेर बन्द भयो नेप्से, १ अर्ब ७० करोडको कारोबार
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ ।
१.०६ प्रतिशतले घटेको दिन आज नेप्सेमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, ७५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २३ कम्पनीको सेयर मूल्य बढेको छ । २१० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ ।
परिसूचक घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समेत १० प्रतिशतले बढेको छ । सिटी होटलको सेयर मूल्य भने ९.०९ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएको १२ समूहको सूचक घट्दा म्यूचअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूहमा आज ०.०३ अंकको सुधार आएको हो । होटल एण्ड टुरिजम समूहमा १५१ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १४१ अंकको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण