भुटानी शरणार्थी प्रकरणको थुनछेक निवेदनमा पुनः ‘अन्य आदेश’, अर्को पेसी दसैँपछि
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्न रहेकाहरुको थुनछेक निवेदनमा पुनः अन्य आदेश भएर टुंगिएको छ । बिहीबार पाटन उच्च अदालतमा तोकिएको पेसीमा लगाएको मुद्दा साथै राख्ने आदेश दिएर बिहीबारको सुनुवाइ सकिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको थियो । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालतमा दर्ता भएको निवेदनमा सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि आएपछि लगाएको मुद्दा साथै राख्ने आदेश भएर बिहीबारको सुनुवाइ सकिएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एकै व्यक्तिबाट ४५ लाखसम्म लिएर ठगी र संगठित अपराध गरेको भन्दै काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतलाई थुनामा पठाएको थियो ।
काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको भएको र थुनामुक्त भएरै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । यसअघि नै ४ पटक पेशीमा चढिसकेको उक्त निवेदनमा असोज २५ गते पुनः लगाएको मुद्दा साथै राख्ने आदेश भएपछि पाँचौपटक पेसीमा चढेर पनि सुनुवाइ हुन नसकेको हो ।
पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेसी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेसीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए ।
खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा चलिरहेको छ ।
असोज २५ गते बिहीबार पनि उक्त निवेदनमाथि सुनुवाइ हुन नसकेपछि यो प्रकरणको अर्को पेसी अब दसैँपछिको पहिलो बिहीबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण