रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
सारांश
- मेलम्चीको रिबर्मा खोलाबाट दैनिक थप ८ करोड लिटर पानी काठमाडौंमा वितरण सुरु गरिएको छ।
- खानेपानी मन्त्रीको उपस्थितिमा ट्याङ्कीको सफल परीक्षणपछि पानी वितरण सुरु भएको हो।
- अहिले दैनिक २० करोड लिटर मेलम्चीको पानी आइरहेको छ, भने वर्षामा थप पानी ल्याइनेछ।
काठमाडौँ । मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो ।
काठमाडौँमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा टयाङ्की निर्माण गरिएको छ l सोमबार खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली उक्त ट्याङ्कीको सफल परीक्षण गरेका थिए ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिए ।
लामिछानेले भने, “काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार सफल परीक्षण गरिएको थियो । सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदै छ ।”
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।
“गतवर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिलादेखि अध्ययन गरेका थियौँ”, उनले भने, “अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएन, हिजो सोमबार पानी पथान्तरण गरी काठमाडौँ पानी पुगेको छ ।”
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको छ । वर्षातको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमतीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी कम्तीमा पनि १० देखि १४ करोड लिटर पानी काठमाडौँ ल्याइने र आपूर्ति नियमित बनाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण