इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु
बुधबार, ०४ असार २०८२, १० : १२
सारांश
- इजरायलको आक्रमणमा इरानमा ५८५ जनाको मृत्यु भएको छ भने १३२६ जना घाइते भएका छन्।
- इरान र इजरायलबीच विगत ५ दिनदेखि द्वन्द्व जारी छ, बुधबार इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण भयो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरेपछि इरानका सर्वोच्च नेताले इजरायलसँग शान्ति नगर्ने बताए।
तेहरान । इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ।
इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण