बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु

बुधबार, ०४ असार २०८२, १० : १२
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • इजरायलको आक्रमणमा इरानमा ५८५ जनाको मृत्यु भएको छ भने १३२६ जना घाइते भएका छन्।
  • इरान र इजरायलबीच विगत ५ दिनदेखि द्वन्द्व जारी छ, बुधबार इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण भयो।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरेपछि इरानका सर्वोच्च नेताले इजरायलसँग शान्ति नगर्ने बताए।

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर  इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ । 

इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो । 

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप