कोशी प्रदेश
पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड
बिहीबार, २५ असोज २०८०, १९ : ५०
१

काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् ।
युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो ।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।
तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ । तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश