मुख्यमन्त्रीमा दाबी पेस गर्दै आङ्बोले भने– ‘संवैधानिक हिसाबले कसलाई नियुक्ति गर्ने प्रदेश प्रमुखको हातमा छ’
काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीको दाबी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै संवैधानिक र कानुनी हिसाबले परामर्श गरेर निकाल्नेमा उनले विश्वास लिएका हुन् ।
‘दुवै पक्षले बहुमत पुर्याएर पेस गरेको स्थिति छ । निकासको निम्ति केही न केही उपाय निकास निस्केला । संवैधानिक र कानुनी हिसाबले प्रदेश प्रमुखले आवश्यक परामर्श गरेर निकास निकाल्नु हुन्छ । प्रदेश प्रमुखको हातको कुरा हो’, उनले भने ।
विश्वासिलो आधारमा निकास निकाल्न उनलाई केही कठिनाइ नभएको भन्दै आङ्बोले राजनीति हिसाबले गठन्धनमा जुन असमझदारी देखियो छ, त्यसलाई केन्द्रीय नेतारूले निकास निकाल्ने विश्वास व्यक्त गरे । ‘दलहरूले केही सोचेरै हस्ताक्षर गर्नुभयो होला ।
संवैधानिक हिसाबले यसको व्यवस्था, नियुक्ति के हुन्छ ? समय लिएर अध्ययन गर्न, कानुनविद र संवैधानिकविदसँग पनि परामर्श निकास दिन उनले प्रदेश प्रमुखलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण