डी ककको शतकमा दक्षिण अफ्रिकाद्वारा ३ सय १२ रनको लक्ष्य प्रस्तुत
बिहीबार, २५ असोज २०८०, १८ : १५
लखनउ । क्वीन्टन डी ककले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको हो ।
डी ककले १०६ बलमा १ सय ९ रनको पाली खेले । उनले ८ चौका र ५ छक्का हिर्काए । उनले कप्तान टेम्बा बाभुमासँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । बाभुमाले ३५ रन बनाए ।
एइडन मारक्रमले ४४ बलमा ५६ रन बनाए भने हेररिच क्लासेनले २९ तथा रासी भा डर डुसेन र मार्को जानसेनले २६–२६ रन बनाए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । त्यस्तै, जोस हेजलवुड, प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण