डी ककको शतकमा दक्षिण अफ्रिकाद्वारा ३ सय १२ रनको लक्ष्य प्रस्तुत
बिहीबार, २५ असोज २०८०, १८ : १५

लखनउ । क्वीन्टन डी ककले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको हो ।
डी ककले १०६ बलमा १ सय ९ रनको पाली खेले । उनले ८ चौका र ५ छक्का हिर्काए । उनले कप्तान टेम्बा बाभुमासँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । बाभुमाले ३५ रन बनाए ।
एइडन मारक्रमले ४४ बलमा ५६ रन बनाए भने हेररिच क्लासेनले २९ तथा रासी भा डर डुसेन र मार्को जानसेनले २६–२६ रन बनाए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । त्यस्तै, जोस हेजलवुड, प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने