शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकले नगद ५९ करोड ३१ लाख रुपैयाँ लाभांश बाँड्ने

बिहीबार, २५ असोज २०८०, १८ : ४३
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई नगद लाभांश बाँड्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत अर्थात् कूल ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो । 

बिहीबार दिउँसो बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । बैंकद्धारा प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुनेछ । 

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ । सोही पुँजीको ४.२१ प्रतिशतले हुन आउने रकम बराबरको लभांश बैंकले बाड्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप