सिद्धार्थ बैंकले नगद ५९ करोड ३१ लाख रुपैयाँ लाभांश बाँड्ने
बिहीबार, २५ असोज २०८०, १८ : ४३
काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई नगद लाभांश बाँड्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत अर्थात् कूल ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो ।
बिहीबार दिउँसो बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । बैंकद्धारा प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ । सोही पुँजीको ४.२१ प्रतिशतले हुन आउने रकम बराबरको लभांश बैंकले बाड्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण