बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायल उद्धार उडानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्छौं : निगम

बिहीबार, २५ असोज २०८०, २३ : ४२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपाल वायु सेवा निगमले इजरायल उद्धार उडानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ । बिहीबार एक विज्ञप्त जारी गर्दै निगमले उद्धार उडानका चालक दल, कर्मचारी, सहयोगी निकाय र नेपाल सरकारलाई विशेष धन्यवाद दिँदै आभार प्रकट गरेको हो ।  

राष्ट्रलाई समस्या परेका बेला बिगतमा झै नेपाल सरकारको निर्देशन बमोजिम यस पटक समेत आपत बिपत परेका नेपालीको उद्दारमा खटिने अवसर पाएको र राष्ट्रलाइ योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको छ’ निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस्ता उद्दार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिती देखाउन राष्ट्रिय ध्वजाबाहकको आवश्यकता र महत्व अझै टड्कारो  रुपमा देखिएको छ।’ 

विज्ञप्तिमा भनिएको छ– ‘यस उद्दार उडानका चालक वरिष्ठ काप्तान श्रवण रिजाल लगाएत सम्पुर्ण उडान दल, कर्मचारी, सहयोगी निकाय, नेपाल सरकार एवम समस्त सहयोगी हातहरुप्रति  बिशेष धन्यवाद दिदै निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आभार प्रकट गर्नुभएको छ ।’

बिहीबार बिहान ४ बजे उद्दारका लागि इजरायल गएको नेपाल एयरलाइन्सको विमान शुक्रबार बिहान २ः४२ बजे २५४ जना नेपालीको उद्दार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ । परराष्ट्र मन्त्रालय र नेपाली दूतावास तेल अविवको सहकार्यमा इजरायलमा रोकिएका नेपालीहरुको उद्दार गरिएको हो । केही दिनअघि प्यालेष्टाइनस्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप