डेढ दर्जन सवारी साधनसहित ६१ लाख बढीको अवैध सामान बरामद
शुक्रबार, २६ असोज २०८०, ०८ : २१
रौतहट । रौतहट स्थित प्रहरीले डेढ दर्जन सवारीसाधन सहित ६१ लाख भन्दा बढीको अवैध भारतीय सामान बरामद गरी भन्सार चलान गरेको छ।
सीमावर्ती भारतीय बजार बाट विभिन्न नाका हुँदै किराना, कपडा, हार्डवेयर, कस्मेटिक लगायत ६१ लाख २७ हजार सात सय ७७ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।
तस्करीमा प्रयोग भएको मोटरसाइकल १५ थान, पिकअप गाडी एक थान, टेम्पु एक थान, अटो दुई थान गरी १९ थान सवारीसाधन बरामद गरिएको प्रवक्ता केसीले जानकारी दिए।
पछिल्लो एक महिनाको अवधिमा उक्त अवैध समान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हिन्दुहरूको महानपर्व दसैँ, तिहार दीपावली नजिकिएसँगै रौतहटमा भारतीय सामानको तस्करी बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण