सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना पक्राउ

शुक्रबार, २६ असोज २०८०, १५ : ००
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा २ महिला र १४ जना पुरुष छन् । विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर उनीहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप