बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संसद्को चालु अधिवेशन कात्तिक १४ सम्म जान्छ : मन्त्री गुरुङ

शुक्रबार, २६ असोज २०८०, १५ : ३०
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन् । 

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मुलुकको इज्जतको विषय भएकाले कानुन निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए । उनले जुनसुकै विधेयकलाई कानुन मन्त्रालयले छिटो भन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए । उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए ।

मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १४ गतेसम्म चल्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप