कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को सभापति र सहसचिवका लागि शनिबार निर्वाचन हुने
बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को दुईमा सभापति र सहसचिव पदका लागि शनिबार निर्वाचन हुने भएको छ । १८ महिनादेखि रिक्त रहेको काँग्रेस रुपन्देही क्षेत्र नम्बर–२ सभापति र सहसचिवका लागि शनिबार निर्वाचन हुन लागेको हो ।
सो क्षेत्रका तत्कालीन सभापति हरि लम्साल र सहसचिव राजबहादुर क्षेत्रीले राजीनामा दिएपछि रिक्त रहेको पदमा पार्टीको विधानअनुसार शनिबार निर्वाचन हुने नेताहरुले बताएका छन् ।
पार्टी सभापति शेर बहादुर देउवा र नेता शेखर कोइराला समूह बनाएर निर्वाचन मैदान जाने दुई पक्षले घोषणा गरेका छन् ।
सभापतिमा फर्सराम ढकाल र प्रजापाला गिरी तथा सहसचिवमा विष्णु चापागाईँ र संगिता गौतमले उम्मेदवारी दर्ता गरेको निर्वाचन संयोजक अभिवक्ता महेन्द्र पाण्डेले बताए । ढकाल कोइराला र गिरी देउवा समूहका हुन् ।
पार्टी केन्द्रीय कार्यालयले रूप कुमार रायमाझी, अधिवक्ता महेन्द्र पाण्डेय र घनश्याम पाण्डेलाई निर्वाचन समितिको जिम्मेवारी दिएको कांग्रेस क्षेत्र नम्बरको २ का सचिव विमलराज भट्टराईले जानकारी दिए । उनका अनुसार रुपन्देही क्षेत्र नम्बर २ का २३ वार्डका ६७२ प्रतिनिधिले मतदान गर्नेछन् ।
निर्वाचनको कार्यतालिका अनुसार शनिबार ८ देखि २ बजेसम्म मतदान हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण