बंगलादेशले न्युजिल्यान्डलाई दियो दुई सय ४६ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार बंगलादेशले न्युजिल्यान्डलाई जितका लागि दुई सय ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४५ रन बनायो ।
बंगलादेशले पहिलो बलमै विकेट गुमाएको थियो । न्युजिल्यान्डका ओपनिङ बलर ट्रेन्ट बोल्टले आफ्नो पहिलो बलमै बंगलादेशका ओपनर ब्याट्सम्यान लिट्टन दासलाई पेभेलियन फर्काएका थिए । बोल्टले दासलाई म्याट हेनरीमार्फत क्याच गराएका थिए ।
बंगलादेशका लागि मुसफिकर रहिमले सर्वाधिक ६६ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान रहिमले ७५ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए । कप्तान सकिब अल हसनले टोलीको खातामा ४० रन थपे । सकिबले ५१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । केवल ५६ रनमा चारवटा महत्वपूणर् विकेट गुमाएको बंगलादेशको स्कोरलाई त्यसपछि सकिब र मुसफिकरले एक सय ५२ रनको स्थितिसम्म पुर्याएका थिए ।
तल्लो क्रमका ब्याट्सम्यान महमुदुल्लाहले पनि टोलीका लागि अविजित ४१ रनको योगदान गरे । उनले ४९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान मेहिदी हसन मिराजले बंगलादेशको खातामा ३० रन थपेका थिए । उनले ४६ बलमा चार चौका पनि हिर्काए ।
ओपनर तान्जिद हसनले पनि १६ रन बनाए । तोहिद हृदोय १३ रनमा पेभेलियन फर्किए । तास्किन अहमदले पनि १७ रन बटुले । न्युजिल्यान्डका बलर लोकी फर्गुसनले तीन विकेट लिए । ट्रेन्ट बोल्टले दुई विकेट हात पारे । म्याट हेनरी पनि दुई विकेट लिए । ग्लेन फिलिप्स र मिचेल सान्टनरले एक—एक विकेट कुम्ल्याए ।
जारी विश्वकपमा न्युजिल्यान्ड र बंगलादेश दुबैको यो तेस्रो खेल हो । न्युजिल्यान्डले आफूले खेलेको दुबै खेलमा जित हात पारेको छ । बंगलादेशले भने यसअघि आफूले खेलेको दुई खेलमा मिश्रित नतिजा निकालेको छ । बंगलादेशले एउटा खेल जितको छ भने एक खेलमा पराजय भोगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण