भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई
काठमाडाैँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई दिइएको छ । यसअघिका निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले राजीनामा दिएपछि डा. श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
भक्तपुर क्यान्सर अस्पताल गठन समितिमा एघारौँ तहका सिनियर कल्सल्ट्याण्टलाई निर्देशकमा नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार अस्पतालका एकमात्रै एघारौँ तहका कन्सल्ट्याण्ट डा. ऋषिकेश श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले डा. श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकका जिम्मेवारी दिने निर्णय गरेका थिए ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्र पठाएर डा. श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो ।
डा. श्रेष्ठ यसअघि पनि भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक रहिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण