मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई

शुक्रबार, २६ असोज २०८०, १८ : १४
शुक्रबार, २६ असोज २०८०

काठमाडाैँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई दिइएको छ । यसअघिका निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले राजीनामा दिएपछि डा. श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । 

भक्तपुर क्यान्सर अस्पताल गठन समितिमा एघारौँ तहका सिनियर कल्सल्ट्याण्टलाई निर्देशकमा नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार अस्पतालका एकमात्रै एघारौँ तहका कन्सल्ट्याण्ट डा. ऋषिकेश श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले डा. श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकका जिम्मेवारी दिने निर्णय गरेका थिए । 

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्र पठाएर डा. श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो । 

डा. श्रेष्ठ यसअघि पनि भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक रहिसकेका छन् ।

rishi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप