दक्षिण अफ्रिकामा छोइ नसक्नु भयो कुखुराको अण्डा
काठमाडौँ । कुखुराको अण्डा अहिले दक्षिण अफ्रिकामा ‘हटेष्ट कमोडिटी’ बनेको छ । विगत केही सातायता बर्ड प्mलुको महामारीका कारण दसौँ लाख कुखुरा नष्ट गर्नु पर्दा कुखुराको मासुको आपूर्ति बन्दै हुने अवस्थामा छ । देशभरका सुपरमार्केटहरूमा कुखुराको अण्डा पाइन छोडेको छ ।
चरम अभावबीचअण्डा प्रयोग गरेर बनाइने परिकारहरूको भाउ आकाशिएको छ । प्रोटिनको सबैभन्दा सस्तो स्रोतको रुपमा रहेको अण्डा सर्वसाधारणको पहुँच बाहिरको वस्तु बन्ने स्थिति उत्पन्न भएको छ ।
बर्ड फ्लुको मारमा खुद्रा विक्रेता र होटल तथा रेष्टुराँ व्यवसायी सबै परेका छन् । बढ्दो लागत र बिजुली संकटका कारण यसअघि नै कुखुरा व्यवसायीहरु मारमा थिए । बर्ड फ्लुले समस्या झन् चर्काइदिएको छ ।
संक्रामक बर्ड फ्लु फैलिन नदिन किसानहरुले७० लाखभन्दा धेरै कुखुराहरु नष्ट गरेका छन् । यो भनेको दक्षिण अफ्रिकामा पालिएका कूल कुखुराको २० देखि ३० प्रतिशत हाराहारी भएको त्यहाँको कुखुरा पालक संगठनले बताएको छ । अण्डाविहीन रित्ता र्याकका तस्बिरले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् ।
आपूर्ति अभावबीच कैयौँ पसलहरुले भने एकजनाले किन्न सक्ने अण्डाको संख्या तोक्न थालेका छन् । अनलाइनमा पनि अवस्था खास राम्रो छैन । अधिकांश साइटमा अण्डा ‘उपलब्ध छैन’ वा ‘न्यून स्टक’ भन्ने सन्देश राखिएका छन् ।
दक्षिण अफ्रिकाको आधाभन्दा धेरै जनसंख्या गरिबीको रेखामुन बाँचिरहेका छन् । आफ्नो आयको ३५ प्रतिशत उनीहरुले खाद्यान्नमै खर्च गरिरहेका छन् । अण्डाको अभावले यो खर्चको अनुपात फराकिलो हुने चिन्ता बढेको छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण