शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा छोइ नसक्नु भयो कुखुराको अण्डा

बर्ड फ्लुका कारण ७० लाखभन्दा धेरै कुखुरा नष्ट
शुक्रबार, २६ असोज २०८०, १९ : ५३
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । कुखुराको अण्डा अहिले दक्षिण अफ्रिकामा ‘हटेष्ट कमोडिटी’ बनेको छ । विगत केही सातायता बर्ड प्mलुको महामारीका कारण दसौँ लाख कुखुरा नष्ट गर्नु पर्दा कुखुराको मासुको आपूर्ति बन्दै हुने अवस्थामा छ । देशभरका सुपरमार्केटहरूमा कुखुराको अण्डा पाइन छोडेको छ । 

चरम अभावबीचअण्डा प्रयोग गरेर बनाइने परिकारहरूको भाउ आकाशिएको छ । प्रोटिनको सबैभन्दा सस्तो स्रोतको रुपमा रहेको अण्डा सर्वसाधारणको पहुँच बाहिरको वस्तु बन्ने स्थिति उत्पन्न भएको छ । 

बर्ड फ्लुको मारमा खुद्रा विक्रेता र होटल तथा रेष्टुराँ व्यवसायी सबै परेका छन् । बढ्दो लागत र बिजुली संकटका कारण यसअघि नै कुखुरा व्यवसायीहरु मारमा थिए । बर्ड फ्लुले समस्या झन् चर्काइदिएको छ । 

संक्रामक बर्ड फ्लु फैलिन नदिन किसानहरुले७० लाखभन्दा धेरै कुखुराहरु नष्ट गरेका छन् । यो भनेको दक्षिण अफ्रिकामा पालिएका कूल कुखुराको २० देखि ३० प्रतिशत हाराहारी भएको त्यहाँको कुखुरा पालक संगठनले बताएको छ । अण्डाविहीन रित्ता र्याकका तस्बिरले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् । 

आपूर्ति अभावबीच कैयौँ पसलहरुले भने एकजनाले किन्न सक्ने अण्डाको संख्या तोक्न थालेका छन् । अनलाइनमा पनि अवस्था खास राम्रो छैन । अधिकांश साइटमा अण्डा ‘उपलब्ध छैन’ वा ‘न्यून स्टक’ भन्ने सन्देश राखिएका छन् । 

दक्षिण अफ्रिकाको आधाभन्दा धेरै जनसंख्या गरिबीको रेखामुन बाँचिरहेका छन् । आफ्नो आयको ३५ प्रतिशत उनीहरुले खाद्यान्नमै खर्च गरिरहेका छन् । अण्डाको अभावले यो खर्चको अनुपात फराकिलो हुने चिन्ता बढेको छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप