महँगीले पराकाष्ठा नाघ्यो, सरकारले सूचना जारी गरेर हामीबाट आशा नगर्नु भनोस् : सांसद तामाङ
काठमाडौँ । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले चाडपर्वको मुखमा महँगीले आकाश छोएकोप्रति सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै कञ्चनपुर १ बाट निर्वाचित सांसद लामाले भने, ‘दसैँको मुखमा छ, शुभकामना दिऊँ पनि कसरी ? सरकारले एउटा सूचना जारी गरेर हामीबाट केही आशा नगर्नु जे जे गर्नु छ भनेर भन्या भए हुन्थ्यो । महँगीले पराकाष्ठा नाघेको छ ।’
दैनिक उपभोग्य सामानको मूल्य चर्को रहेको यातायातको भाडा अचाक्ली बढेको उनले बताए । ‘दसैँको मुखमा धनगढीसम्म जान बसको सहज उपलब्धता छैन, प्लेनमा धनगढी जान १७ हजार १८६ रुपैयाँ छ,’ उनले भने, ‘बरु दिल्लीमा १०–११ हजारमा पुगिने रहेछ ।’
सरकारले आफू भएको अनुभूति गर्नुपर्ने उनले बताए ।
सांसद लामाले आफ्ना निर्वाचन क्षेत्र कञ्चनपुर–१ समस्या पनि सदनमा राखेका छन् । पुर्नवासमा रहेको भागेश्वर मिलले केही दिन अघि केकिलयुक्त फोहोर पानी छाड्दा चार सय विघा धनमा क्षति भएको थियो ।
‘मिलको बहाव बगेर धान क्षति भएको छ, केमिकलयुक्त पानीका कारण चार सय विघा धान नष्ट भएको भनिएको छ,’ उनले भने, ‘सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।’
सांसद लामाले बझाङ भूकम्पपीडितलाई दसैँ अघि नै राहत प्याकेज घोषणा गर्नुपर्ने, कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान र बेलौरीको छोटी भन्सार छिट्टै सुरु हुनुपर्ने माग राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण