पाकिस्तानसँगको खेल खेल्छन् कि खेल्दैनन् गिल, के भन्छन् कप्तान रोहित ?
शनिबार, २७ असोज २०८०, ०६ : २१
अहमदाबाद । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानसँगको खेलमा शुभमन गिल खेल्ने सम्भावना ९९ प्रतिशत रहेको बताएका छन् । पछिल्लो दुई खेलमा स्वास्थ्य राम्रो नभएका कारण शुभमन गिलले भारतीय टोलीसँगको खेलमा सहभागी हुन पाएका थिएनन् ।
गिल भारतीय टोलीका स्टार ब्याट्सम्यान हुन् र उनी यो खेलको दुई दिन अगाडि अहमदाबाद पुगेका छन् । हालसम्म आईसीसी पुरुष विश्वकपमा भारतले अस्ट्रेलियासँग र अफगानिस्तानसँग एक-एक खेल खेलेको छ । दुवै खेल भारतले जितेको थियो । अब तेस्रो खेल पाकिस्तानसँग छ र गिलले खेल्ने वा नखेल्नेबारे अड्कलबाजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण