हमासले बन्धक बनाएका इजरायलीको शव बरामद, अझै १२० जना बन्धक
तेल अभिभ । गत हप्ता चरमपन्थी समूह हमास गरेको आक्रमणका क्रममा बन्धक बनाइएका केही इजरायलीको शव शुक्रबार सेनाले गरेको जमिनी कारबाहीका क्रममा बरामद गरिएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।
हारेत्ज र जेरुसेलम पोस्टले इजरायली डिफेन्स फोर्सले फेला पारेको शव इजरायलमा फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि, शवको संख्या भने खुलाइएको छैन ।
यता, इजरायली डिफेन्स फोर्सका अनुसार हाल गाजामा हमासले अझै १२० जना सर्वसाधारणलाई बन्धक बनाइरहेको छ । सामाजिक सञ्जाल एक्सबाट आईडीएफले यसबारे जानकारी दिएको हो ।
इजरायली सेनाले गाजा क्षेत्रमा जमिनी कारबाही सुरु गरेको छ । इजरायली सेनाले गाजामा ‘आतंकवादी अड्डाहरू र पूर्वाधारहरू नष्ट गर्न’ गाजामा छापा मारेको बताएको छ। इजरायली सेनाले पनि बन्धकहरूलाई राखिएको ठाउँहरूको पहिचान गर्न मद्दत गर्ने जानकारी सङ्कलन गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण