गीत
माया गर्छु नि हौ
शनिबार, २७ असोज २०८०, १२ : ५५
चाहे हाँसेर आऊ चाहे रुवाई जाऊ
चाहे स्वार्थी बनेर झुटो कसमै खाऊ
माया गर्छु नि हौ तिमीलाई...।
सबै पिरतीले कहाँ हसाउँछ र
सबै मायाले पनि घर, कहाँ बसाउँछ र
अब हाँसु या रोऊँ मेरो सहारा तिमी
तिमीलाई मेरो कसम, मेरो जूनतारा तिमी
माया गर्छु नि हौ तिमीलाई...।
पहाडी खोला झैँ मेरो माया चोखो छ
मेरो यो चोखो माया तिम्रो प्रेमको भोको छ
चाहे बिहानीको मीठो सपनी बनेर टुट
चाहे आँखाको मेरो आँसु बनेर छुट
माया गर्छु नि हौ तिमीलाई...।
चाहे हाँसेर आऊ चाहे रुवाई जाऊ
चाहे स्वार्थी बनेर झुटो कसमै खाऊ
माया गर्छु नि हौ तिमीलाई...।
बाम्राङ, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण