कोशीको राजनीतिक घटनाक्रमको जिम्मेवार म पनि हुँ जस्तो लाग्यो : थापा
विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताए ।
‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’
उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण