सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

शनिबार, २७ असोज २०८०, १४ : ३४
शनिबार, २७ असोज २०८०

कास्की । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताएका हुन् ।

उनका अनुसार प्रहरीहरु विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ । चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए । भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको उनले बताए । 

उनले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागुऔषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप