कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ
शनिबार, २७ असोज २०८०, १४ : ३४
कास्की । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताएका हुन् ।
उनका अनुसार प्रहरीहरु विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ । चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए । भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको उनले बताए ।
उनले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागुऔषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण