आईसीसी एकदिवसीय विश्वकप
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
शनिबार, २७ असोज २०८०, १७ : ३९
अहमदाबाद । मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए ।
कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको पतन सुरु भयो । त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् ।
यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण