कोशीमा उत्पन्न राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैन : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले नेकपा मुलुकमा एमालेले अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् । संघ, प्रदेश र संसद पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।
शनिवार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दावी समेत गरे । उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए ।
‘एमाले मुलुकमा अस्थिरता चाहन्छ । र, अस्थिरतामा आफूले फाइदा लिन चाहन्छ । अहिले पनि उसको भूमिका त्यही नै छ । चाहे प्रदेश सरकारको कुरा गरौँ, चाहे संघीय सरकारको कुरा गरौं । चाहे संसद भित्रको कुरा गरौं’ उनले भने, ‘जहाँ पनि उसको भूमिका भनेको मुलुकका राजनीतिक अस्थिरता सृजना गर्ने । त्यस्तो खालको गतिविधि गर्ने गरेको छ । अत्यन्तै गैरजिम्मेवार भूमिकामा एमाले छ । तर त्यसले तात्विक भिन्नता ल्याउँला जस्तो मलाई चाहीँ लाग्दैन । कोशी प्रदेशमा चाहीँ अत्यन्तै साँघुरो मत भएको हुनाले त्यसो हुन गएको हो ।’
एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए । बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरुलाई प्रेरित गर्ने उनको योजना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण