पाकिस्तानी क्रिकेट टोलीका निर्देशकले भने, ‘यो आईसीसी होइन, बीसीसीआईको प्रतियोगिता लाग्यो’
अहमदाबाद । पाकिस्तान क्रिकेट टोलीका प्रशिक्षक ग्रान्ट ब्रेडबर्न र निर्देशक मिकी आर्थरले भारत–पाकिस्तान खेलका दौरान भारतीय प्रशंसकको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् ।
अर्थरलाई पाकिस्तानी टोलीको खराब प्रदर्शनको कारण ठुलो सङ्ख्यामा उपस्थित भारतीय प्रशंसकको भूमिका त थिएन ? भनेर प्रश्न गरिएको थियो । जवाफमा आर्थरले भने, ‘हेर्नुहोस्, यदि मैले यस्तो भएन भनेँ भने मैले झूट बोलेको हुनेछ । म चाहन्न कि कसैलाई जरिवाना लागोस् तर इमान्दारीपूर्वक भन्दा खेलको दौरान यो आईसीसीको प्रतियोगिता भन्ने कहिले पनि लागेन । यो एक द्विपक्षीय शृङ्खला जस्तो लागि रहेको थियो, यो बीसीसीआईको कार्यक्रमजस्तो लागिरहेको थियो ।’
उनले भने, ‘हामीलाई थाहा थियो हामीले धेरै समर्थन पाउने छैनौँ । तर, स्टेडियममा पाकिस्तान समर्थक नदेखिनु निकै आश्चर्यजनक थियो । यो बीसीसीआईले आयोजना गरेको एक द्विपक्षीय क्रिकेट म्याच जस्तो महसुस भयो न कि आईसीसीले आयोजना गरेको विश्वकपको खेल ।’
आर्थरले खेलका दौरान गरिएको गीतको चयनप्रति पनि प्रश्न उठाए । उनले गीतहरू सबै भारतको पक्षमा भएको र माइकमा कहिले पनि ‘दिल–दिल पाकिस्तान’ नसुनिएको गुनासो गरे । ‘यो सबै कुराले एउटा भूमिका त खेल्छ तर यसलाई बहानाका रूपमा हामी प्रयोग गर्न चाहँदैनौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण