शंकरको ‘तेलभिसा’ मा सेभेन सिजले निर्माण सहकार्य गर्ने
काठमाडौँ । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’ मा निर्माणमा सेभेन सिज इन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा रहँदै आएको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रिक सुवेदी र निर्देशक शंकर घिमिरेबीच फिल्म निर्माण सम्झौता भएको हो ।
सेभेन सिजले फिल्मको निर्माणमा ५० प्रतिशत सहकार्य गर्न लागेको निर्देशक घिमिरेले बताए । आगामी फागुन महिनादेखि छायाङन हुने फिल्ममा मुख्य कलाकारको रुपमा बिपिन कार्की अनुबन्धित भएका छन् । फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् । फिल्मको घोषणा छिट्टै गरिने निर्देशक घिमिरे बताए । फिल्म नेपाल र अमेरिकामा छायांकन हुनेछ ।
सेभेन सिजकम्पनीले ‘परदेशी २,‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘करर्साङ’, ‘अगस्त्य’ र ‘डिग्री माइला’ समेत विदेश वितरण लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण