प्यालेस्टिनी राष्ट्रपतिलाई हमास आक्रमणको निन्दा गर्न बाइडेनको दबाब
आइतबार, २८ असोज २०८०, १२ : १३
गाजा । इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन्। दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपति बाइडेनले नागरिकको सुरक्षा सुनिश्चित गर्न दुवै पक्षलाई आग्रह गरेका छन् ।
बाइडेनले इजरायली प्रधानमन्त्रीलाई आफ्नो समर्थन जारी राख्ने आश्वासन दिँदा उनले महमूद अब्बासलाई भने गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्न अपील गरे । उनले अब्बासलाई हमासको निन्दा गर्दै विज्ञप्ति जारी गर्न आग्रह गरेका छन्।
उनले अब्बाससँग मानवीय सहायताका विषयमा पनि कुरा गरेका थिए । यस विषयमा प्यालेस्टिनी प्रशासनलाई आफ्नो पूर्ण सहयोग जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण