अख्तियारको प्रतिवेदन : लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी रुपन्देहीमा, सबैभन्दा कम रोल्पामा
बुटवल । अख्तियारको बुटवलका कार्यालय गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ५२३ मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ हजार ५१ फर्स्योट भएका छन् । आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन हालै अख्तियारले सार्वजनिक गर्दै बुटवलमा ४७२ उजुरी बाँकी रहेका उल्लेख गरेको हो ।
लुम्बिनी प्रदेशबाट अख्तियारमा सबैभन्दा धेरै उजुरी रुपन्देही जिल्लामा परेको छ भने सबैभन्दा कम रोल्पामा जिल्लामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रुपन्देही जिल्लामा गत आर्थिक वर्षमा ५८१ उजुरी दर्ता भएका छन् भने त्यसमध्ये ४६१ वटा फर्स्यौट गरी १६० उजुरी बाँकी रहेका छन् ।
प्रदेशमा दोस्रो धेरै उजुरी पर्ने जिल्लाको रूपमा बाँके रहेको छ । बाँके जिल्लामा ३०९ उजुरी परेका छन् । जसमा २०६ फर्स्यौट भएका छन् भने १०६ वटा उजुरी बाँकी रहेको अख्तियारले जनाएको छ ।
कपिलवस्तुमा कुल २ सय ९२ वटा उजुरी दर्ता भएकोमा २ सय ३ वटा उजुरी फर्स्योट भएका छन् । यहाँ ८९ वटा उजुरी बाँकी छन् । बर्दिया जिल्लामा परेको ११९ उजुरीमध्ये ७१ उजुरी फर्स्यौट भएका छन् भने ४८ वटा बाँकी रहेका छन् ।
नवलपरासी पश्चिममा १ सय ४२ वटा उजुरी परेकोमा ८६ वटा मात्रै फर्स्योट भएका छन् । अझै ५६ वटा उजुरी बाँकी छन् । यस्तै पाल्पा जिल्लामा कुल १ सय ६२ वटा उजुरी परेकोमा कुल १ सय २५ वटा फर्स्योट भएका छन् भने अझै ३७ वटा बाँकी छन् । गुल्मी जिल्लामा परेको १ सय २८ वटा उजुरीमध्ये ८१ वटामात्रै फर्स्योट भएका छन् । अझै ४७ वटा उजुरी फर्स्योट हुन बाँकी छन् ।
अर्घाखाँची जिल्लामा कुल ७५ उजुरी दर्ता भएकोमा ४९ वटा फर्छ्यौट भएका छन् भने २६ बाँकी छन् । प्युठान जिल्लाका कुल ४४ वटा उजुरी परेकोमा २९ फर्छ्यौट भएर १५ वटा बाँकी छन् ।
प्रतिवेदन अनुसार रोल्पामा १ वटा दर्ता भएकोमा त्यो फर्स्योट भएको छ । यहाँ अन्य उजुरी छैनन् । दाङ जिल्लमा ५ वटा दर्ता भएकोमा ३ वटा फर्स्योट भएर २ वटा मात्रै बाँकी छन् । अख्तियार कार्यालय बुटवलको ८ वटा जिल्ला हेर्छ भने अरू जिल्लाहरू अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले हर्ने गर्दछ ।
स्थानीय तहमा बढी
अख्तियारको बुटवल कार्यालयका अनुसार सबैभन्दा बढी प्रदेशका स्थानीय तह(सङ्घीय) मामिलाबारे उजुरी दर्ता भएका छन् । एकै वर्षमा ७ सय ७३ उजुरी दर्ता हुँदा उक्त क्षेत्रका कुल ५ सय २५ उजुरी फर्स्योट भएका छन् भने अझै २ सय ३८ उजुरी फर्स्योट हुन बाँकी छन् ।
त्यसपछि स्थानीय तहको शिक्षामा कुल २ सय ७० उजुरी दर्ता भएकोमा १ सय ९५ फर्स्योट भएर अझै ७५ उजुरी बाँकी रहेका छन् । प्रदेशको वन तथा वातावरणमा ९९ वटा, भूमि व्यवस्थापनमा १ सय २२ वटा, गृह प्रशासनमा २९ वटा, अन्य २ सय ४० गरी प्रदेशमा कुल १ हजार ५२३ उजुरी दर्ता भएको हो ।
अख्तियार कार्यालय बुटवलले कुल १ हजार ५२३ मध्ये १ हजार ५३ उजुरी फर्स्योट गरी ६९.१४ प्रतिशत लक्ष्य पुरा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी उपसचिव भेषराज रिजालले बाँकी रहेका उजुरीहरूको सही रूपमा छानबिन गरी अगाडि बढाउने क्रममा रहेको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण