राष्ट्रसंघले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
नाइजेरिया । संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ ।
शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ । अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसंघले जनाएको छ ।
पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ । यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घको आफ्नो प्रारम्भिक मूल्याङ्कनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए । उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।
दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने सङ्केत गरेको राष्ट्रसङ्घले जनाएको छ । अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कङ्गोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसङ्घका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन । थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन् ।
दुर्व्यवहारको घटना विशेषगरी कङ्गोमा धेरै भएको छ । सन् २०१७ मा राष्ट्रसङ्घका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कङ्गोमा मात्र एक तिहाइ भएको थियो ।
राष्ट्रसङ्घमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ । गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि निरन्तर प्रयास गरेको बताएका थिए ।-(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण