विश्वकपको फाइनलमा दुईपटक ‘टस’
काठमाडौँ । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेका थिए ।
त्यो विश्वकपको फाइनलमा एउटा रमाइलो घटना भएको थियो । उक्त विश्वकपको फाइनल खेल भारत र श्रीलंकाबिच भारतको मुम्बईस्थित वानखेड रंगशालामा खेलाइएको थियो । फाइनल खेल सुरु हुनुअघि दुवै टोलीका कप्तान मैदानमा प्रवेश गरे । फाइनल खेलमा म्याच रेफ्री थिए, जेफ क्रोवे ।
टस हुनुअघि श्रीलंकाली कप्तान कुमार सांगाकाराले ‘हेड’ वा ‘टेल’ के रोजेका थिए भन्ने कुरा रेफ्री जेफले राम्ररी सुनेका थिएनन् । टसमा ‘हेड’ आएको थियो । त्यसपछि सांगाकाराले आफूले टस जितेको भन्दै पहिले ब्याटिङ गर्ने निर्णय लिए ।
तर, भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीले त्यसको प्रतिवाद गर्दै टसअघि सांगाकाराले ‘टेल’ रोजेको दाबी गरे । म्याच रेफ्रीले त सांगाकाराले के रोजेका थिए भन्ने कुरा नै सुनेका थिएनन् । त्यसपछि म्याच रेफ्री जेफले पुनः एकपटक टस गराउने प्रस्ताव राखे । त्यो प्रस्तावमा दुवै टोलीका कप्तान सहमत भए ।
दोस्रो पटकको टस श्रीलंकाले जित्यो । त्यसपछि श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लियो । त्यो विश्वकपको फाइनलमा भारत ६ विकेटले विजयी भएको थियो । एकदिवसीय विश्वकपको इतिहासमा दुईपटक टस भएको त्यो पहिलो घटना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण