शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
न्यायालय

दसैँ बिदामा पनि अदालत खुल्ने, यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू

सोमबार, २९ असोज २०८०, १० : ०५
सोमबार, २९ असोज २०८०

काठमाडौँ । दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । 

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सर्वोच्च अदालत प्रशासनले तोकेको जिम्मेवारी अनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

असोज ३० गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । सर्वोच्चले कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मालाई दिएको छ । 

कात्तिक ३ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न नहकुल सुवेदीलाई जिम्मेवारी दिइएको छ भने कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ । 

कात्तिक ८ गते हरिप्रसाद फुयाँललाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ९ गते कुमार रेग्मीले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन् भने कात्तिक ११ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।

387505573_1712696732584034_8292048344588260090_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप